लाउटारो मार्टिनेजको निर्णायक गोलसँगै अर्जेन्टिना कोपा अमेरिकाको अन्तिम आठमा प्रवेश गरेको छ ।
मेटलाइफ स्टेडियम, न्यू जर्सीमा बुधबार बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले चिलीलाई १-० गोलअन्तरले पराजित गरेको हो।

जितसँगै अर्जेन्टिनाले दुई खेलबाट ६ अंक जोडेको छ। पहिलो खेलमा अर्जेन्टिनाले क्यानडालाई २-० गोलअन्तरले पराजित गरेको थियो।
चिली भने पहिलो खेलमा पेरुसँग गोलरहित बराबरीमा रोकिएको थियो।
