अमेरिकामा जारी कोपा अमेरिका २०२४ अन्तर्गत समूह ‘सी’ को खेलमा पानमा र उरुग्वे बिजयी भएका छन् ।

शुक्रबार बिहान भएको पहिलो खेलमा पानमाले आयोजक अमेरिकालाई २-१ गोलले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ ।

तनावपूर्ण खेलमा अमेरिका र पानमाका दुबै खेलाडीले रातो कार्ड खाँँदै मैदानबाट बाहिरिएका थिए । पहिलो जितपछि पानमा दुई खेलबाट ३ अंक जोडेर तालिकाको तेस्रो स्थानमा रहेको छ । समान खेल खेलेको अमेरिकाको पनि ३ अंंक छ र तालिकाको दोस्रो स्थानमा छ ।

यसअघि पहिलो खेलमा पानमा उरुग्वेसँँग पराजित हुँदा अमेरिकाले भने बोलिभियालाई हराएको थियो ।

त्यसैगरि आज बिहान भएको दोस्रो खेलमा बोलिभियामाथि ५-० गोल अन्तरको शानदार जित दर्ता गर्दै उरुग्वेले अन्तिम ८ मा स्थान बनाएको छ । बोलिभियाको प्रतियोगितामा यो दोस्रो हार हो ।

जितसँँगै दुई खेलमा ६ अंक जोडेको उरुग्वे समूह ‘सी’ को शीर्ष स्थानमा छ । अंक बिहिन रहेको बोलोभिया तालिकाको पुछारमा छ ।

उरुग्वेले पहिलो खेलमा पानमालाई हराएको थियो भने बोलिभिया अमेरिकासँँग पराजित भएको थियो ।

समूह चरणको अन्तिम खेलमा उरुग्वले अमेरिकासँँग खेल्दा पानमाले बोलिभियाविरुद्ध खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *