कोस्टा रिकामाथि सहज जित हात पार्दै कोलम्विया कोपा अमेरिका २०२४ को क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

कोस्टा रिकालाई ३-० ले पराजित गरेपछि कोलम्वियाले समुह ‘डी’ मा एक खेल बाँकी छँदै अन्तिम आठको यात्रा तय गरेको हो ।

स्टेट फार्म स्टेडियम ग्लेनडेल एरिजोना अमेरिकामा शुक्रबार राति भएको खेलमा कोलम्वियाको सहज जितमा लुइस डियाज, डाभिन्सन सान्चेज र जोन कोर्डोवाले गोल गरे ।

अघिल्लो खेलमा ब्राजिललाई निराश पारेको कोस्टा रिकाले यसपटक कोलम्वियालाई भने रोक्न सकेन । यस जितसँगै समूह ‘डी’ मा कोलम्वियाको २ खेलबाट ६ अंक पुगेको छ । पराजित कोस्टा रिकाको समान खेलबाटै १ अंक छ ।

समूह ‘डी’ अन्तर्गत ब्राजिल र पाराग्वेको खेल हाल जारी छ ।

यसअघि अर्जेन्टिना, भेनेजुएला र उरुग्वेले पनि एक खेल बाँकी छँदै क्वाटर फाइनलमा स्थान सुरक्षित गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *