अमेरिकामा जारी कोपा अमेरिका २०२४ मा इक्वेडर र भेनेजुएला बिजयी भएका छन् ।

समूह बी अन्तर्गत बिहीबार बिहान भएको खेलमा इक्वेडरले जमैकालाई ३-१ ले पराजित गर्दै प्रतियोगितामा पहिलो जित हासिल गरेको छ ।

यसअघि पहिलो खेलमा इक्वेडर भेनुजुएलासँग पराजित भएको थियो भने जमैका मेक्सिकोसँग पराजित भएको थियो । जमैकाको यो लगातार दोस्रो हार हो ।

पहिलो जितपछि इक्वेडरले दुई खेलबाट ३ अंक जोडेर तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । समान खेल खेलेको जमैका तालिकाको पुछारमा छ ।

त्यसैगरि आज बिहान भएको दोस्रो खेलमा मेक्सिकोमाथि १-० गोल अन्तरको जित दर्ता गर्दै भेनेजुएलाले अन्तिम ८ मा स्थान बनाएको छ ।

प्रतिस्पर्धात्मक बनेको खेलमा बल नियन्त्रण मेक्सिकोले बढी राखे पनि गोल गर्न असफल भयो । जितसँँगै दुई खेलमा ६ अंक जोडेको भेनेजुएला समूह ‘बी’ को शीर्ष स्थानमा छ । पराजित मेक्सिको समान खेलबाट तीन अंकका साथ तेस्रो स्थानमा छ ।

पहिलो खेलमा भेनेजुएलाले इक्वेडरलाई २-१ तथा मेक्सिकोले जमैकालाई १-० ले पराजित गरेका थिए ।

समूह चरणको अन्तिम खेलमा भेनेजुएलाले जमैकासँग खेल्दा मेक्सिकोले इक्वेडरसँग खेल्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *