युरो कप २०२४ समूह ‘डी’ बाट अष्ट्रिया र फ्रान्सले युरो कपको अन्तिम १६ मा स्थान बनाएका छन् ।

गए राती भएको समूह चरणको अन्तिम खेलमा नेदरल्याण्ड्स माथि ३-२ को रोमाञ्चक जित हात पार्दै समूह विजेताका रुपमा अष्ट्रिया अन्तिम १६ मा प्रवेश गरेको हो ।

त्यसैगरि फ्रान्स समूह चरणको अन्तिम खेलमा पोल्याण्डसँग १-१ को बराबरीमा रोकिएको छ । बराबरी खेलेसँगै फ्रान्सले समूह विजेता बन्ने मौका गुमाएको छ ।

३ खेलमा २ जित हासिल गरेको अष्ट्रिया ६ अंक सहित समूह डि मा शीर्ष स्थानमा रह्यो । आफ्नो अन्तिम खेलमा पोल्याण्डसँग बराबरीमा रोकिएको फ्रान्सको ३ खेलमा ५ अंक सहित समूहको दोस्रो स्थानमा रहँँदै अन्तिम १६ को यात्रा तय गर्यो ।

नेदरल्याण्ड्स भने ४ अंक सहित तेस्रो स्थानमा रह्यो । उत्कृष्ट ४ तेस्रो स्थान हासिल गर्ने टोली बन्दै अन्तिम १६ मा पुग्ने नेदरल्याण्ड्सको सम्भावना बलियो छ । पोल्याण्ड १ अंक सहित समूहको पुछारमा रहँदै बाहिरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *