प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिगमा महिलातर्फ न्यु डायमन्ड एकेडेमीले पहिलो जित निकालेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा बिहीबार सम्पन्न पहिलो खेलमा न्यु डायमन्डले कर्णाली प्रदेशलाई ३-० को सोझो सेटमा पराजित गर्यो ।

न्यु डायमन्डले खेल २५-११, २५-१६, २५-२२ ले आफ्नो पक्षमा पार्यो ।

पहिलो जित निकालेको न्यु डायमन्डको पाँच खेलमा चार अंक छ । यसअघि न्यु डायमन्डले एपिएफ ३ २, एभरेस्टसँग ३० तथापुलिस र आर्मीसँग समान ३ (१ सेटको हार ब्यहोरेको थियो ।

पाँचौं खेलमा पराजित कर्णाली अंकविहिन छ । यसअघि कर्णालीले एभरेस्ट, एपिएफ, आर्मी र पुलिससँगको खेल समान ३-० सेटमा गुमाएको थियो ।

यसै गरी बिहीबार सम्पन्न दोस्रो खेलमा महिलातर्फ एभरेस्टले विभागीय टोली नेपाल एपिएफ क्लबविरुद्ध ३-२ सेटको पुनारगमन जित निकाल्यो ।

सुरुआती दुई सेट २३-२५, १३-२५ ले गुमाएको एभरेस्टले त्यसपछिका तीन सेट २५-१७, २५-२२, १५-८ ले आफ्नो पक्षमा पार्यो ।

चौथो जितसँगै एभरेस्टले चार खेलमा ११ अंक जोडेको छ । यसअघि एभरेस्टले कर्णाली, आर्मी न्यु डायमन्डलाई समान ३-० को सेझो सेटमा पराजित गरेको थियो ।

पराजित एपिएफको चार खेलमा पाँच अंक छ । यसअघि न्यु डायमन्डलाई ३-२ र कर्णालीलाई ३-० को सेटमा पराजित गरेको एपिएफले पुलिससँगको खेल ३-० ले गुमाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *