लाइब्रेरी एफसी भोजपुर जिल्ला ‘ए’ डिभिजन लिग च्याम्पियन बनेको छ ।

फाइनलमा लाइब्रेरीले भोजपुर युथ एकेडेमीलाई १-० गोलले पराजित गरेको हो । खेलको ४३औं मिनेटमा वुद्ध चौधरीले गरेको एक मात्र गोल लाइब्रेरीलाई जित दिलाउन पर्याप्त बन्यो ।

प्रतियोगितामा युथ एकेडेमीका योगेन्द्र राई सर्वोकृष्ट खेलाडी घोषित भए । युथ एकेडेमीकै रोहन विक उच्च गोलकर्ता र सौजन तामाङ उदीयमान खेलाडी बने ।

यसैगरी लाइब्रेरीका रक्की राई उत्कृष्ट गोलकिपर र सुविन राई उत्कृष्ट प्रशिक्षक चुनिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *