नेपालका तिब्र गतिका बलर प्रतिस जिसिको आमा प्रतिभा जिसिले आफ्नो छोराको स्थानमा सन्दिप लामिछानेलाई बिश्वकपको टोलीमा समावेश गरेको भन्दै सामाजिक सञ्जालामा लामो स्टाटस लेखेर दुख व्यक्त गरेकी छिन् ।
ऊनी लेख्छिन : “जुन ११ फ्लोरिडा मा हुनगइरहेको नेपाल vs श्रीलंका को गेम हेर्न जाँदै थिए। यो न्युज आउँदा म प्लेनमा थिए। ल्यान्ड भइसकेपछि मोबाइल पनि हेर्न पाएको थिएन राति निकै ढिला भइसकेको थियो। ढिला समाचार सुने। बाबुले पनि केही भनेको थिएन। एकैचोटि समाचार सुन्दा मनभारी भयो,फेरि सन्दीप टिममा हुँदा मन खुसी भयो। मैले नबुझेको पनि हुनसक्छु , मनमा लागेको कुरा चाहिँ स्पिनर बलरको substitute लेफ्ट आम मिडियम फास्ट बलर कसरी हुन्छ? त्यो चाहिँ बुझ्न सकिन , तर यहाँ मेरो छोरो तेरो छोरो भन्दा पनि सबै खेलाडी हरु हाम्रै छोरा हुन्, यहाँ छोरोले भन्दा पनि देशले जित्नुपर्नेछ। जुन खेलाडी टिममा भएपनि नेपालको लागि राम्रो खेल्ने खेलाडी टिममा हुनुपर्छ। हामी देशले जितेको हेर्न चाहन्छौँ। सन्दिप टिममा पुनरागमन हुँदा एकदमै खुशी छु 🙏 नेपाल किर्केट टिम एउटा परिवार हो यहाँ दाइ र भाइ जो खेले पनि देशकै लागि खेल्ने हो। सन्दिप लाइ शुभकामना ❤️ 🙏”
उच्च अदालत पाटनले गत मे १५ मा दिएको फैसलासँगै क्यानले सन्दीपलाई समावेश गर्दै युवा बलर प्रतिश जिसीलाई ट्राभलिङ रिजर्भमा राख्ने निर्णय गरेको थियो । पन्ध्रौँ खेलाडीको रूपमा सन्दीप लामिछानेको स्थान पहिले नै सुरक्षित थियो। प्रतिस भने हाल नेपाल क्रिकेट टोलीसँँगै अमेरिकामा छन् ।
