नेपालले आज टि-२० विश्वकपमा दोस्रो खेल खेल्दै छ। नेपाल र श्रीलंकबीचको खेल लाउडेरहिल मैदानमा भोलि बिहान सबा ५ बजे हुनेछ। यो मैदानमा विश्वकपको पहिलो खेल हुन लागेको हो।

समूह ‘डी’ मा नेपाल र श्रीलंका दुवै टोली पहिलो जितको खोजीमा हुँदा दुवै टोलीलाई फ्लोरिडाको ब्रोवार्ड काउन्टीको मौसमले चिन्ता बढाएको छ।

मौसम पूर्वानुमानअनुसार खेल हुने समयमा पानी पार्ने सम्भावना अत्याधिक छ। श्रीलंका विरुद्धको खेलअघि अन्तिम अभ्यासका लागि सेन्टर ब्रोवार्ड काउन्टी रंगशालामा भेटिएका नेपालका कप्तान रोहितकुमार पौडेल पनि मौसमकै चिन्ता गर्दै थिए।

२००७ मा निर्माण गरिएको रंगशालामा न्युजिल्यान्ड र श्रीलंकाबीच २०१० पहिलो टी-२० भएको थियो। अन्तिम पटक भारत र वेस्ट इन्डिजले यो मैदानमा गत वर्ष यो मैदानमा टी -२० खेल खेलेका थिए।

मैदानभित्रको खेलमा विगतको सम्बन्ध, मायाभन्दा पनि प्रतिस्पर्धा हुन्छ। श्रीलंका पहिलो दुई खेल हारेर आफैं प्रतियोगिताबाट बाहिरिने स्थितिमा पुगेको छ। नेपालसँग सामान्य विजय हात पारे पनि सुपर ‘एट’ मा पुग्न नसक्ने स्थितिमा छ श्रीलंका। त्यसैले नेपालविरुद्ध ठूलो विजय हात पार्ने उद्देश्यसहित श्रीलंका मैदान उत्रने निश्चित छ। नेपाल र श्रीलंका पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेटमा आमनेसामने गर्न लागेका हुन्।

नेपालले जुन १४ मा दक्षिण अफ्रिका र जुन १६ मा बंगलादेशसँग सेन्ट भिन्सेन्टमा समूह चरणको अन्तिम दुई खेल खेल्ने छ। श्रीलंकाले सेन्ट लुसियामा नेदरल्यान्ड्ससँग जुन १६ मा समूह चरणको अन्तिम खेल खेल्नेछ।

नेपाललाई सुपर आठमा पुग्न बाँकी खेल जिनुपर्ने दबाब छ। समूहका शीर्ष दुई टोली अर्को चरणमा पुग्ने प्रावधान छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *