विर्तामोड नगरपालिका वडा नं १० मा प्रथम वडा अध्यक्ष कप कराते प्रतियोगिता सम्पन्न भएको छ ।
वडा खेलकुद बिकास समिति विर्तामोड १० द्वारा आयोजित प्रथम वडा अध्यक्ष कप कराते प्रतियोगितामा बिर्तामोड नगरपालिकाका ६ वटा डोजोबाट करिब १२० जना खेलाडीहरुको सहभागिता रहेको थिए । २० केजीदेखि ५० केजी तौल समूहका खेलाडीहरुले प्रतियोगितामा भाग लिएका थिए ।
आइतबार बिर्तामोड नगरपालिका वडा नम्बर १० को जेष्ठ नागरिक भवनमा सम्पन्न प्रतियोगिताको बिजेता सैनिक डोजो हुन सफल भएको छ । सैनिक डोजोले ५ स्वर्ण, ५ रजत र ९ कास्य पदक जित्दै च्याम्पियन बनेको हो।
प्रतियोगितामा शुक्रराज डोजो ५ स्वर्ण ४ रजत र र २ कास्यसहित ११ पदकका साथ दोस्रो स्थानमा रहन सफल भयो भने महेन्द्र डोजो २ स्वर्ण, ४ रजत र ३ कास्यसहित ९ पदकका साथ प्रतियोगितामा तेस्रो स्थान हासिल गर्न गर्यो ।
नेपाल कराते महासंघको समन्वय तथा बिर्तामोड वडा नम्बर १० को सहयोगमा सम्पन प्रथम वडा अध्यक्ष एक दिवशीय कराते प्रतियोगिताको विजेताहरुलाई बिर्तामोड-१० का अध्यक्ष दुर्योधन गुरुङ, वडा खेलकुद समिति बिर्तामोड १० का अध्यक्ष सुरेन्द्र तुम्रोक, नगर खेलकुद बिकास समिति बिर्तामोडका उपाध्यक्ष श्री सन्तोष गुरुङ, बिर्तामोड १० का वडा सदस्यहरु पृथिबी बहादुर बस्नेत र धनमाया श्रेष्ठले पुरस्कार वितरण गरे ।
