रारा फुटबल क्लब सुनसरीको भलुवामा जारी दशौं संंस्करणको भलुवा गोड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

दुहबी -७ भलुवा खेलमैदानमा भएको खेलमा धनकुटाको रारा फुटबल क्लबले सुनसरीको गोल्डेन स्टार युथ क्लबलाई ३-० गोल अन्तरले पाखा लगाउँदै सेमिफाइनलमा पुगेको छ ।

बिहीबार सम्पन्न खेलमा राराका राम वाजीले ३६ औं मिनेट गोल गर्दै टोलीलाई अग्रता दिलाए । जय गुरुङले ७१ औं मिनेटमा थप एक गोल गरे । खेलको ७९ औं मिनेटमा राम वाजीले ब्यक्ति रुपमा दोस्रो गोल गरे । त्यसपछि खेलमा कुनै टोलीबाट गोल हुन सकेन ।

खेलको म्यान अफ दि म्याच रारा फुटबल क्लबका खेलाडी राम वाजी घोषित भए । उनलाई कोशी प्रदेश सांंसद सुनिता गच्छदारले नगद ५ हजार तथा मेडल प्रदान गरे।

शुक्रबार तेस्रो क्वाटर फाइनल खेल सलहेश युथ क्लब सिरहा र सशत्र प्रहरी बल कोशी प्रदेशबीच हुनेछ।

असार ४ गते सम्म सञ्चालन हुने प्रतियोगिता कुल आठ टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको बिजेताले नगद रु ४ लाख १ सय १ रुपौया सहित ट्रफि, मेडल तथा प्रमाण पत्र प्राप्त गर्नेछ भने उप बिजेताले नगद रु २ लाख १ सय १ रुपैयामा सहित ट्रफि, मेडल तथा प्रमाण पत्र चित बुझाउनु पर्ने छ त्यस्तै खेलमा बिभिन्न बिधामा उत्कृष्ट हुने खेलाडीहरुलाई आकषर्क पुरस्कार पाउने आयोजकले जानकारी गरायो। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *