धरानको युवा जागृति क्लब सुनसरी ‘बी’ डिभिजन जिल्ला स्तरीय नकआउट फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

धरान-१७ एन्फा टेक्निकल सेन्टरमा आज बिहीबार भएको फाइनल खेलमा जागृति क्लबले मित्र मिलन क्लब धरानलाई
१-० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको च्याम्पियन बनेको हो ।

प्रतियोगिताको विजेता युवा जागृति क्लब र उपविजेता मित्र मिलन क्लब सुनसरी ‘ए’ डिभिजन लिगमा बढुवा भएका छन् ।

उपाधि सँगै युवा जागृतिले च्याम्पियनले नगद २० हजार पुरस्कार सहित ट्रफी मेडल प्राप्त गरेको छ भने उपविजेता मित्र मिलनले १० हजार नगद पुरस्कार सहित ट्रफी, मेडल प्राप्त गरेको छ ।

खेलमा युवा जागृतिका प्रमेश राईले गरेको १ गोल निर्णायक बनेको थियो । फाइनल खेलको म्यान अफ दि म्याच प्रमेश नै घोषित भए । उनले १ हजार नगद पुरस्कार प्राप्त गरे ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी युवा जागृतिका अदित राई घोषित भए । उनले नगद ५ हजार प्राप्त गरे । मित्र मिलनका सरोज राई प्रतियोगिता भर तीन गोल गर्दै सार्वधिक गोलकर्ता बने । उनले नगद ३ हजार प्राप्त गरे ।

उत्कृष्ट गोलरक्षक युवा जागृतिका बिनेश चौधरी, उत्कृष्ट डिफेन्डर मित्र मिलनका पेशन मगर, उत्कृष्ट मिडफिल्डर युवा जागृतिका जमिन लिम्बु, उत्कृष्ट स्ट्राइकर मित्र मिलनका मनिश लिम्बु र उत्कृष्ट कोच युवा जागृतिका अशोक लिम्बु घोषित भए । उनीहरूले जनही नगद २/२ हजार प्राप्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *