लेबनानमा हुने महिला फोर नेसन्स कप फुटबल २०२४ का लागि नेपालको टोली घोषणा भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङ‌ले बुधबार २२ सदस्यीय नेपाली टोलीको घोषणा गरेका हुन् ।

महिला फोर नेसन्स कप जुलाई ६ देखि १६ अर्थात् असार २४ देखि साउन १ गतेसम्म लेबनानमा आयोजना हुँदैछ । नेपालले आफ्नो पहिलो खेल जोर्डनसँग असार २६ गते खेल्ने छ ।

यस्तै नेपालले आफ्नो दोश्रो खेल असार २९ गते बंगलादेश र तेश्रो खेल साउन १ गते घरेलु टोली लेबनानसँग खेल्ने छ । नेपालको पहिलो र दोश्रो खेल नेपाली समयानुसार राति १:४५ र तेश्रो खेल साँझ ७:४५ बजे शुरु हुनेछ ।

प्रतियोगिताका सबै खेल त्रिपोली अन्तर्राष्ट्रिय फुटबल मैदानमा हुनेछन् । सहभागी सबै टोलीले एक अर्कासँग एक एक खेल खेलपछि शीर्ष स्थानमा रहने टोलीले उपाधि जित्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *