साकेला समापनको अवसरमा नेपाली राष्ट्रिय महिला फुटबल खेलाडी प्रीति राई धरानमा सम्मानित भएकी छन् ।
धरान १७ स्थित साकेला पार्कमा किरात राई यायोख्खा सुनसरीद्वारा शनिवार जिल्ला व्यापी साकेला प्रतियोगिता समापन समारोहमा उनलाई नगद १ लाख ५ हजार ८४ सहित ताम्रपत्रले सम्मान गरिएको थियो ।
खेलाडी राईलाई शनिबार धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई साम्पाङ र निवर्तमान मेयर यायोक्खाका पूर्व केन्द्रीय अध्यक्ष तिलक राईले दोसल्ला ओढाएर सम्मान गरेका थिए ।
उक्त अवसरमा राष्ट्रिय एथलेटिक्स कबड्डी प्रशिक्षक पार्वती राईलाई नगद २५ हजार रुपैयासहति सम्मान गरिएको थियो ।
