नेपालले फोर नेसन्स कप नखेल्ने

२०८१, १६ असार शनिबार ०७:११

नेपाली राष्ट्रिय महिला फुटबल टोलीले लेबनानमा हुने भनिएको फोर नेसन्स कप नखेल्ने भएको छ ।

आगामी जुलाई महिनामा हुने उक्त प्रतियोगिताको तालिकामा नेपालले जोर्डन, बंंगलादेश र घरेलु टोली लेबनानसँँग खेल्न तय भएको थियो । तर नेपालले अन्तिम समयमा असुरक्षित रहेको भन्दै सो देशमा गएर प्रतियोगितामा भाग लिन अस्वीकार गरेको हो । लेबनान अहिले कुनै न कुनै रूपमा युद्धको जोखिममा रहेको देश हो ।

अखिल नेपाल फुटबल संघ (एन्फा) स्रोतका अनुसार नेपालले प्रतियोगितामा भाग लिने भनेर आधिकारिक पत्राचार गर्न बाँकी रहे पनि नेपालले फोर नेसन्स कप नखेल्ने भएको छ । नेपाल यो प्रतियोगितामा भाग लिन नजानुको कारण युद्धको जोखिम र सम्भावित समस्या नै हुन् । नेपालले यो प्रतियोगितामा लागि आफ्नो टोली समेत घोषणा गरेर तयारी गरिरहेको थियो । तर प्रतियागिता आउन लाग्दा नेपाल प्रतियोगिताबाट बाहिर हुने अवस्थामा पुगेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *