जारी कोपा अमेरिकामा ब्राजिलले पहिलो जित हासिल गरेको छ ।
शनिबार बिहान एलिजायन्ट स्टेडियममा भएको खेलमा पाराग्वेलाई ४-१ ले पराजित गर्दै शानदार जित दर्ता गरेको छ ।
ब्राजिलले पहिलो खेलमा कोस्टा रिकासँँग गोलरहित बराबरी खेलेको थियो भने पाराग्वे कोलम्वियासँँग २-१ ले पराजित भएको थियो ।

जितसंगै ब्राजिलले ४ अंक सहित तालिकाको दोस्रो स्थानमा भने लगातार दोस्रो हार ब्यहोरेको पाराग्वे अंक विहिन हुदै प्रतियोगिताबाट बाहिरिएको छ ।
अब ब्राजिलले समूह चरणको अन्तिम खेल कोलम्बियासँग खेल्नेछ भने पाराग्वेले कोस्टा रिकाको सामना गर्नेछ ।
यस समूहबाट कोलम्बिया अन्तिम आठमा प्रवेश गरिसकेको छ भने कोस्टारिकाको १ अंंक सहित तालिकाको तेस्रो स्थानमा छ ।
