झम्सिखेलमाथि खालीबारीको जित

२०८१, २० जेष्ठ आईतवार १५:४७

खालीबारी युवा क्लबले सहिद स्मारक ‘सी’ डिभिजन लिगमा आइतबार झम्सिखेल युवा क्लबविरुद्ध २-० को सज जित निकाल्यो ।

सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा खालीबारीलाई जित दिलाउन मनिष गुरुङ र सन्देश चौधरीले गोल गरे ।

जितसँगै ११ खेलमा १४ अंक जोडेको खालीबारी आठौं स्थानमा उक्लिएको छ । पराजित समान खेलबाट १६ अंकका साथ पाँचौं स्थानमा छ ।

खेलको १०औं मिनेटमा मनिषको गोलमार्फत खालीबारीले अग्रता लियो । उनले सागर थिङको ध्रु पासलाई पोस्टको दिशा दिए ।

दुई मिनेटपछि नै सन्देशले टोलीको अग्रता दोब्बर बनाए । सन्देशले मार्बल सुनारको पासलाई सदुपयोग गरे । त्यसपछि थप गोल निस्कन सकेन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *