मेसीको मियामी अंक बाड्न बाध्य

२०८१, २० जेष्ठ आईतवार ०८:५३

अमेरिकाको मेजर लिग सकर (एमएलएस) मा फिलाडेल्फिया युनियन र मोन्टरियलले अंक बाँडेका छन् । आइतबार भएको खेलमा दुवै टिमले दुई दुई गोलको बराबरी खेल्दै तालिकामा एक एक अंक थपेका हुन् । घरेलु मैदानमा फिलाडेल्फिया पहिलो मिनेटमै पछि परेको अवस्थालाई उल्ट्याउँदै आफैले अग्रता लिए पनि जोगाउन नसक्दा अन्ततः अंक बाँड्न बाध्य भयो ।

मोन्टरियलका इब्राहिम सुनुसीले गोल गर्दै अग्रता दिलाएका थिए । पहिलो हाफको ४५ औं मिनेटमा मोन्टरियल १० खेलाडीमा समेटिएको थियो । एरिल लेसिस्टरले फल गरेपछि भारमार्फत उनले रातो कार्ड पाएका थिए ।

१० खेलाडीमा समेटिएको मोन्टरियलमाथि दोस्रो हाफमा फिलाडेल्फियाले दबाब बनाएको थियो । ५६ औं मिनेटमा पेनाल्टीमार्फत बराबरी गरेको थियो । फिलाडेल्फियाका डेनियल गाजडगले गोल गरेका थिए । त्यसको २ मिनेटमै फिलाडेल्फियाले अग्रता लियो । उसका मिकेल उहेरले गोल गरेपछि खेल २-१ को अवस्थामा पुगेको थियो ।

६३ औं मिनेटमा फिलाडेल्फिया पनि १० खेलाडीमा समेटिन पुग्यो । उसका ज्याक इलियटले फल गरेपछि सिधै रातो कार्ड पाएका थिए । दुवै टिम १० खेलाडीमा समेटिए पछि मोन्टरियलका सामुएल पिटेले ६६ औं मिनेटमा गोल गर्दै खेल २-२ को बराबरीमा ल्याए ।

दुवै टिमले थप गोल गर्न नसकेपछि अन्ततः एक एक अंकमा चित्त बुझाउन बाध्य भए । फिलाडेल्फिया १६ खेलबाट २० अंक बनाउँदै तालिकाको आठौं स्थानमा रहँदा मोन्टरियल समान खेलबाट १७ अंकका साथ १२ औं स्थानमा छ । फिलाडेल्फियाले लगातार तेस्रो बराबरी खेलेको हो । उसले यसअघि टोरन्टो र चार्लेटसँग पनि बराबरी खेलेको थियो ।

यसैगरी अन्य खेलमा डीसी युनाइटेड र टोरन्टोले २-२ गोलको बराबरी खेल्दा शीर्ष स्थानका इन्टर मियामी र सेन्ट लुइस सिटीले तीन तीन गोलको बराबरी खेले । मियामीका लागि लियोनल मेस्सी, लुईस सुवारेज र जोडी अल्वाले गोल गर्दा सेन्ट लुइसका लागि क्रिस डर्किन, इन्डियना भिसेल्भले गोल गर्दा मियामीकै सुवारेजले आत्मघाति गोल गरेपछि खेल तीन तीको बराबरीमा सकिएको थियो ।

यसैगरी न्यूयोर्कले ओर्लान्डोमाथि १-० को जीत दर्ता गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *