गोलबजारमाथि सामाजिकको जित

२०८१, २८ जेष्ठ सोमबार १५:४३

सामाजिक युवा क्लबले सहिद स्मारक सी डिभिजन लिगअन्तर्गत अन्तिम चरणको खेल जितेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार सम्पन्न पहिलो खेलमा सामाजिकले रेलिगेसन भइसकेको गोलबजार स्पोर्ट्स क्लबलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

सामाजिकको जितमा बसन्तबहादुर राना र विजय दोङ्गले गोल गरे। यता, गोलबजारका लागि रेवाज बस्नेतले गरेको गोल सान्त्वना बन्यो ।

खेलको ३१ औं मिनेटमा बसन्तले गोल गर्दै सामाजिकलाई सुरुआती अग्रता दिलाए। ४३औं मिनेटमा विजयले गोल गर्दै पहिलो हाफमै २-० को अग्रता दिलाए ।

पहिलो हाफमै २-१ ले पछि परेको गोलबजारको लागि ६२ औं मिनेटमा रेवाजले गोल गरेपछि खेल २-१ को अवस्थामा आयो। त्यसपछि बाँकी समय थप गोल नहुँदा समाजिक विजयी भयो ।

जितसँगै समाजिकले यस सिजनको लिगमा तेस्रो स्थानमा रहँदै सुखद् अन्त्य गर्यो। समाजिकले १३ खेलबाट २२ अंक जोड्यो। पराजित गोलबजार भने सात अंकसहित पुछारमा रह्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *