महत्वपूर्ण खेलाडी किलीयन एम्बाप्पे बिना मैदान उत्रिएको फ्रान्सले युरो कप २०२४ मा नेदरल्यान्ड्ससंग गोलरहित बराबरीमा चित्त बुझाएको छ ।

लेइपजिग स्टेडियम जर्मनीमा शुक्रबार राति भएको खेलमा दुवै टोलीले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् । दोस्रो हाफमा नेदरल्याण्डको टोलीले गोल गरेपनि रेफ्रिले मान्यता दिएन ।

फ्रान्सले गोल गर्ने महत्वपूर्ण अवसरहरु पाएपनि सदुपयोग भने गर्न सकेन । बराबरीसंगै दुबै टोली नकआउट चरण पुग्ने सम्भावना बलियो बनाएको छ ।

दुई खेल पछि दुबै टोलीको चार अंक भएपनि गोलअन्तरमा नेदरल्यान्ड्स समूह ‘डी’ को शीर्षस्थानमा छ भने फ्रान्स दोस्रोमा स्थानमा छ ।

अस्ट्रियाविरुद्धको खेलमा नाक भाँचिएपछि एम्बाप्पेले नेदरल्याण्ड्सको खेल गुमाएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *