नेपाल पुलिस क्लबले आठौं पिएम कप एनभिए महिला तथा पुरुष भलिबल लिगमा पुरुषतर्फको तेस्रो स्थान हात पारेको छ ।
दशरथ रंगशालाको कभर्ड हलमा शनिबार भएको तेस्रो स्थानको खेलमा त्रिभुवन आर्मी क्लबलाई ३-२ ले गर्दै एपिएफ तेस्रो भएको हो ।
पुलिसले आर्मीलाई ३१-२९, १३-२५, २२-२५, २५-२३ र १५-८ को सेटमा पराजित गरेको हो ।
लिग चरणमा तालिकाको तेस्रो स्थान हासिल गर्दै आएको पुलिस र चौथो स्थान हासिल गर्दै आर्मी तेस्रो स्थानको खेलका लागि छनोट भएका थिए ।
पुरुष तर्फको फाइनल खेल पनि आज नै हुँदैछ । दिनको ३ बजे उपाधिका लागि टिपटप हेल्प नेपाल र गण्डकी प्रदेश प्रतिस्पर्धा गर्दैछन् । लिग चरणमा गण्डकीले हेल्प नेपाललाई ३-२ ले पराजित गरेको थियो ।
यस्तै आज नै महिला तर्फको उपाधिका लागि एभरेष्ट भलिबल क्लब र नेपाल पुलिस क्लब दिनको १ बजे भिड्दै छन् ।
