त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै सशस्त्र प्रहरी बलको एपिएफ क्लबले आठौँ प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिगमा महिला तर्फ तेस्रो स्थान हासिल गरेको छ ।
त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कबर्डहलमा शनिबार सम्पन्न खेलमा त्रिभुवन आर्मी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै एपिएफ तेस्रो भएको हो।
एपिएफले २५-१९, २५-२० र २५-१९ ले खेल आफ्नो पक्षमा पार्यो ।
