पेरिस ओलम्पिकका लागि छनोट भइसकेका नेपाली टेबल टेनिस खेलाडी स्यान्टु श्रेष्ठले अष्ट्रेलियामा मेलवर्न मेट्रोपोलिटियन ओपन च्याम्पियनसिपको उपाधि जितेका छन् ।

कोवर्ग टेबल टेनिस बाट खेलेका स्यान्टुले सोमबार भएको फाइनलमा चाइ हङ एलेक्सलाई ४-२ ले हराएका छन् । स्यान्टु ४-११,११-६,८-११,१२-१०,११-५,११-७ ले खेल जितेका हुन्।

त्यसअघि सेमिफाइनलमा उनले एन्स्टी जाचेरीलाई ३-० ले हराएको थिए। त्यसअघि उनले ३ वटा खेल जितेका थिए । स्यान्टु गत महिना दक्षिण एसियाली ओलम्पिक छनोटमा भाग लिन स्वदेश फर्केका थिए । त्यसमा विजयी हुँदै स्यान्टु ओलम्पिकका लागि छनोट भएका थिए।

ओलम्पिकमा छनोट हुने उनी तेस्रो र टेबल टेनिसका पहिलो नेपाली खेलाडी हुन्। यस अघि तेक्वान्दोका संगिना वैध र दीपक विष्ट ओलम्पिकमा छनोट भएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *