टेबल टेनिसमा कोशी उपविजेता

२०८१, ३१ जेष्ठ बिहीबार २३:२५

पोखरामा सम्पन्न यु-१५ विद्यालयस्तरीय खेलकुद प्रतियोगितामा टेबल टेनिस अन्तर्गत कोशी प्रदेश २ रजत २ कास्य पदक सहित उपविजेता बनेको छ ।

प्रतियोगितामा बागमती प्रदेश पहिलो हुँदा लुम्बिनी प्रदेश तेस्रो भएको थियो ।

पोखरा रंगशालास्थित टेबल टेनिस कोर्ट भएको खेलमा कोशीका सुशान्त मेहेता छात्र सिंगल्समा दोस्रो भए ।
छात्र सिंगल्सको फाइनल खेलमा बागमती प्रदेशका जयस्नु महर्जनसँग ८-११, ११-५, ११-७, ११-६ को स्कोरले पराजित भएका थिए ।

सोही इभेन्टमा कोशी प्रदेशका गौतम तामाङ तेस्रो भए ।

त्यसैगरी छात्रा सिंगल्समा कोशीले रजत पदक प्राप्त गर्यो । छात्रा सिंगल्समा कोशी प्रदेशकी सुलेखा कुमारी ठाकुर बागमतीकी नर्मदा खाइतुसँग ११-९, ४-११, ११-५, १३-११ सेट स्कोरले पराजित हुन पुगिन ।

यस्तै मिक्स डबल्स इभेन्टमा कोशी प्रदेशका गौतम तामाङ र सुलेखा कुमारी ठाकुरको जोडीले काँस्य पदक प्राप्त गरे । सेमिफाइनलमा बागमतीका जयश्नु महर्जन र सुरम्य शाक्यको जोडीले कोसी प्रदेशका गौतम तामाङ र सुलेखाकुमारी ठाकुरलाई पराजित गरेको थियो ।

पोखरामा सम्पन्न अण्डर-१५ विद्यालय खेलकुद प्रतियोगितामा एथलेटिक्स, टेबलटेनिस, ब्याडमिन्टन, बुद्दिचाल, रग्वी र बास्केटबलका विभिन्न खेलहरु समाबेश गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *