स्वयम्भू क्लबविरुद्ध १-० को कठिन जित निकाल्दै आरसी ३२ फुटबल एकेडेमी सहिद स्मारक ‘सी’ डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ ।

सातदोबाटोस्थित एन्फा मुख्यालमा शुक्रबार आरसी ३२ लाई जित दिलाउन बबिन बोहराले गरेको एक मात्र गोल पर्याप्त बन्यो ।

जितसँगै आरसी ३२ ले ६ खेलमा १४ अंक जोडेको छ । पराजित स्वयम्भू समान खेलबाट दुई अंकका साथ १३औं स्थानमा छ ।

बबिनले ६८औं मिनेटमा गोल गरे । जारी प्रतियोगितामा बबिनको यो तेस्रो गोल हो ।

शुक्रबार नै सम्पन्न खेलमा समाज कल्याण खेलकुद केन्द्रले स्पोर्टस एकेडेमी साँगाविरुद्ध ५-० को फराकिलो जित निकाल्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *