शेफिल्डमाथि एभर्टनको १-० को जित

२०८१, ३० बैशाख आईतवार ०६:४०

एभर्टनले इ‌ङ्ग्लिस प्रिमियर लिगमा रेलिगेशनमा परिसकेको शेफिल्ड युनाइटेडसँग कठिन जित हासिल गरेको छ।

गुडिसन पार्क शनिबार राति सम्पन्न खेलमा घरेलु टोली एभर्टनसँग १-० गोल अन्तरले विजयी भएको हो। एभर्टनका लागि अब्दुलाये डोकोरेले गरेको गोल नै निर्णायक बन्यो।

उनले खेलको ३१औं मिनेटमा डोमिनिक लेविनको पासमा गोल गरेका थिए। १५औं स्थानमा उक्लिएको एभर्टनको ३७ खेलबाट ४० अंक रहेको छ।

पराजित शेफिल्ड युनाइटेड गुडिसन पार्कको यात्रा गर्नुअघि नै रेलिगेशनमा पर्ने निश्चित भइसकेको थियो। एक खेल खेल्न बाँकी शेफिल्ड युनाइटेड १६ अंकसहित तालिकाको पुछारमा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *