नेपालले दक्षिण एसियाली युथ टेबलटेनिस च्याम्पियनसिपमा १ रजत र ५ कांस्य पदक जितेको छ ।

श्रीलंकाको क्यान्डीमा बुधबार सम्पन्न प्रतियोगितामा नेपालले उक्त सफलता हात पारेको टिम व्यवस्थापक सिक्का सुवाल श्रेष्ठले जनाएकी छन् ।

यु-१९ गल्स डबल्समा इभाना थापा मगर र वियन्का राईले रजत जिते ।

यु-१९ टिम इभेन्टको ब्वाइजमा प्रिन्स थापा, रुविन महर्जन र सिद्धार्थ तामाङ तथा गर्ल्समा वियन्का राई, इभाना थापा र योङगी पौडेलले कांस्य हात पारे ।

यु-१५ को गर्ल्स सिंगल्समा शुभश्री श्रेष्ठ, डबल्समा शुभश्री श्रेष्ठ र शुरम्य शाक्य तथा टिममा शुभश्री श्रेष्ठ, महिमा महता र शुरम्य शाक्यले कांस्य प्राप्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *