इलाम। नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान अन्जिला तुम्बापोलाई सम्मान गरिएको छ। झापाको बुद्धशान्तिमा आयोजित तेस्रो आदर्श च्यालेन्ज कपको फाइनल खेलको दौरान नेपाली राष्ट्रिय महिला टोलीकी गोलरक्षकसमेत रहेकी उनलाई सम्मान गरिएको हो।

सम्मानसँगै आयोजक आदर्श युवा क्लबले उनलाई २५ हजार रुपैयाँ प्रदान गरेको थियो। नेपाली फुटबलमा महत्त्वपूर्ण योगदान दिएकाले कप्तान अन्जिलालाई सम्मान गरिएको प्रतियोगिताका संयोजक मनिष दाहालले जानकारी दिए।

यसैगरी, मेची- महाकाली धावन यात्रा पूरा गर्ने जीवनाथ अधिकारी, एन्फाको १३ वर्षमुनिको टिममा पर्न सफल भाइचुङ शेर्पा, करातेतर्फ स्वर्ण पदकधारी एलिजा घिमिरे, रिले राष्ट्रिय दौडमा स्वर्ण पदकधारी चन्द्र पुलामीमगर, तेक्वान्दोतर्फ स्वर्ण पदकधारी रेश्मा भुजेल, रेफ्री स्व. लोकराज ढुंङ‌गाना (मरणोपरान्त), आदर्श युवा क्लबका पूर्वखेलाडी तथा प्रशिक्षक स्व. विनोद गुरुङलाई पनि मरणोपरान्त सम्मान गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *