राष्ट्रिय खेलकुद परिषदको स्वीकृती एवम बिशेष सहयोग तथा नेपाल कराते महासंघको तत्वाधानमा नेपाल सितोरियो कराते संघ शाखा डोजो नक्सालको २५ औ वार्षिकोत्सवको अवसरमा आयोजित दशौ सगरमाथा अन्तर्राष्ट्रिय कराते प्रतियोगिता (२०२४ मे १६ देखि ३० तारिख) सन्चालन भई एक बिशेष समारोहका बीच सम्पन्न भएको छ ।

प्रतियोगितामा नेपाल सहित भारत, श्रीलंका र बंगलादेश खेलाडी, रेफ्री अफिशियल पदाधिकारी सहित करिव ३ हजार जना सहभागी भएको थियो । उक्त प्रतियोगितामा नेपालको तर्फबाट सर्वाधिक पदक जित्दै बौद्ध डोजो टिम प्रथम, भारत टीम दोस्रो र श्रीलंका टिम तेस्रो हुन सफल भयो । पुरुष र महिला दुवैमा नेपालका खेलाडीहरु क्रमश प्रभात रोका मगर र मिस्टी श्रेष्ठ उत्कृष्ट खेलाडी घोषित भए । उनिहरु सहभागी सम्पुर्ण खेलाडी मध्ये बढी अंक हाशिल गरेको आधारमा छानिएका हुन । त्यसैगरि नेपालको वागमती प्रदेश रसुवा र नुवाकोट जिल्ला कराते टिमले क्रमश उत्कृष्ट अनुशासित र फेयर प्ले टिमको अवार्ड हात पारे भने आयोजक नक्साल डोजोले बेष्ट मार्चपासमा चित्त बुझाए ।

तयसैगरि बागमती प्रदेशका सानोगौचरण डोजोले उत्कृष्ट उदयीमान टिम ट्रफी हात पारे ।

उक्त कार्यक्रममा मित्र राष्ट्र दुवैमा भर्खरै सम्पन्न भएको दुवई बुदोकान कप अन्तराष्ट्रिय कराते प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरी स्वर्ण पदक दिलाउन सफल खेलाडीहरु बुद्धीमान माझी, कुशल खत्री, दिज्ञ शाह, सोर्निमा सिंह ठकुरी र कास्य पदक विजेता प्रास्ना ढकाललाई सम्मान गरेका थिए ।

त्यसैगरि कराते क्षेत्रमा बिशिष्ठ योगदान पुर्याउने नेपाल कराते महासंघका सदस्य राम वहादुर सिंह ठकुरी, सल्लाहकार निवाश गोपाल बैध र कराते वरिष्ठ

प्रशिक्षक आर.वि. गुरुङ्गलाई पनि सम्मान पत्रद्धारा सम्मान गरेका थिए ।

जेठ ४ देखि संचालन भएको उक्त प्रतियोगिताका बिजेता खेलाडी तथा सम्मानित ब्यक्तीत्वहरुलाई समापन समारोहका प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ, नेपाल कराते महासंघका अध्यक्ष युवराज लामा, नेपाल सितोरियो कराते संघका अध्यक्ष दावा गुरुङग, आयोजक कमिटिका अध्यक्ष गजेन्द्र बहादुर खपाङ्गी’ ईश्वर’ अन्तराष्ट्रिय पाहुनाहरु लगायतले एक बिशेष समारोहबिच पुरस्कार बितरण गर्नुभयो । ३ दिन संचालित प्रतियोगिताको नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री विराज भक्त श्रेष्ठले एक बिशेष समारोह विच उदघाटन गर्नुभएको थियो । जेठ ४ देखि ६ अर्थात (मे १६ देखि १९) सम्म सन्चालन भएको प्रतियोगिता राष्ट्रिय खेलकुद परिषद्‌को कभर्ड हल दशरथ रंगशाला त्रिपुरेश्वरमा सञ्चालन भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *