युरोकप २०२४ का लागि इटालीको प्रारम्भिक टोली घोषणा गरेका छन्।

बिहीबार मुख्य प्रशिक्षक लुसियानो स्पालेट्टीले ३० सदस्यीय प्रारम्भिक इटाली टोली घोषणा गरेका हुन् ।

गत संस्करणको फाइनलमा इङ्ल्यान्डलाई पेनाल्टी सुटआउटमा ३-२ गोल अन्तरले पराजित गर्दै इटालीले दोस्रो पटक उपाधि जितेको थियो।

इटालीले युरोकपअघि टर्की र बोस्नियासँग मैत्रीपूर्ण खेल खेल्नेछ।

प्रारम्भिक टोली :

गोलरक्षक : डोनारुम्मा (पीएसजी), भिकारियो (टोटनह्याम), मेरेट (नापोली), प्रोभिडेल (लाजियो)

डिफेन्डरः एसेर्बी (इन्टर), बास्टोनी (इन्टर), डार्मियान (इन्टर), स्काल्भिनी (एटलान्टा), बुओन्जियोर्नो (टोरिनो), मान्सिनी (रोमा), क्यालाफियोरी (बोलोग्ना), डि लोरेन्जो (नापोली), बेलानोभा (टोरिनो), डिमार्को (इन्टर), क्याम्बियासो (युभेन्ट्स)

मिडफिल्डर : बारेला (इन्टर मिलान), फ्रेटेसी (इन्टर), क्रिस्टेन्टे (रोमा), पेलेग्रिनी (रोमा), फागियोली (युभेन्ट्स), जोर्गिन्हो (आर्सनल), रिक्की (टोरिनो), फोलोरुन्शो (हेलास भेरोना)

फरवार्डः चिसा (युभेन्ट्स), रसपादोरी (नापोली), रेटेगुइ (जेनोआ), स्क्यामाका (एटलान्टा), ओर्सोलिनी (बोलोग्ना), जाकाग्नी (लाजियो), एल शारावी (रोमा)

Leave a Reply

Your email address will not be published. Required fields are marked *