फ्लोरेन्टिनालाई १-० ले हराउँदै ओलम्पियाकोसले युइएफए युरोपा कन्फेरेन्स लिगको उपाधि उचालेको छ ।
बुधबार राति ओपाप एरिनामा भएको फाइनलमा इन्जुरी समयमा मोरक्कोका स्ट्राइकर अयुब अल काबीको निर्णायक गोलमा पहिलो पटक युरोपको ठूलो प्रतियोगिता जितेको हो ।
खेलको पहिलो हाफ र दोस्रो हाफमा गोल हुन सकेन । इन्जुरी समयमा मोरक्कोका स्ट्राइकर नायक बनेको हुन् । भिडियो सहायक रेफ्रीले मान्यता दिएपछि ओलम्पियाकोस उपाधि जित्न सफल भयो । उनले सिजनमा ११ गोल गरेका छन् ।
इटालियन क्लबले गोलको थुप्रै अवसर बनाएपनि सदुपयोग गर्न सकेन । ग्रीस क्लब सफल भयो । यसअघि युरोपा लिगको उपाधि एटलान्टाले उचाल्यो । च्याम्पियन्स लिगको फाइनल भने शनिबार राति हुँदैछ ।
