लन्डन क्लब चेल्सीले युरोपा कन्फ्रेन्स लिगमा आफ्नो स्थान पक्का गरेको छ।
स्ट्यामफोर्ड ब्रिजमा आइतबार साँझ सम्पन्न खेलमा बोर्नेमाउथलाई २-१ गोल अन्तरले पराजित गर्दै चेल्सीले कम्तिमा युरोपा कन्फ्रेन्स लिगमा आफ्नो स्थान सुरक्षित गरेको हो।
पहिलो हाफको १७औं मिनेटमा मोइसेस काइसेदोले गोल गर्दै चेल्सीलाई शुरूआती अग्रता दिलाए। ४८औं मिनेटमा रहिम स्टर्लिङले गोल गर्दै अग्रता दोब्बर बनाए। उनले कोल पाल्मरको पासमा गोल गरे।
४९औं मिनेटमा बेनोइट बादियाशिले आत्मघाती गोल गरेपनि चेल्सी २-१ ले विजयी भयो।
जितसँगै चेल्सीले छैटौं स्थानमा रहेर प्रिमियर सक्कायो। लिग चेल्सीले यस सिजन ६३ अंक जोड्यो। अर्को सातामा हुने एफए कपको फाइनलमा म्यानचेस्टर सिटीले म्यानचेस्टर युनाइटेडलाई हराएमा चेल्सीले अर्को सिजन युरोपा लिग खेल्ने मौका प्राप्त गर्नेछ।
४८ अंक जोडेको बोर्नमाउथ भने १२औं स्थानमा रह्यो।
