शहीद स्मारक ‘सी’ डिभिजन लिगमा मनोहरा युनाइटेड यूथ क्लब र स्वयम्भू क्लबले बराबरी खेल्दै अंंक बाँँडेका छन् ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार सम्पन्न खेलमा मनोहराले स्वयम्भूसँग २-२ गोलको बराबरी खेलेको हो।

बराबरीसँगै मनोहराले ८ खेलबाट १४ अंक जोडेको छ। मनोहरा चौथो स्थानमा छ। यता, १४ औं स्थानमा रहेको स्वयम्भूको समान खेलबाट ५ अंक रहेको छ।

खेलको पाँचौँ मिनेटमा रञ्जन पुनले गोल गर्दै स्वयम्भूलाई शुरूआती अग्रता दिलाए। तर, त्यसको तीन मिनेटपछि नै आविष्कार खड्‌काले गोल गर्दै मनोहरालाई खेलमा फर्काए।

३६औं मिनेटमा प्रकाश पुनले गोल गर्दै स्वयम्भूलाई पुनः अग्रता दिलाए। ६० औं मिनेटमा आविष्कारले पेनाल्टीमा गोल गर्दै मनोहरालाई हारबाट जोगाए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *