शहिद स्मारक ‘सी’ डिभिजन लिगमा गोलबजार स्पोर्ट्स क्लबलाई समाज कल्याण खेलकुद केन्द्र क्लबले पराजित गरेको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्स बिहीबार सम्पन्न खेलमा समज कल्याणले गोबजारमाथि २-१ गोलको जित हासिल गरेको हो।

समाजको जितमा रोशन क्षेत्रीले दुबै गोल गरे। यता, गोलबजारको लागि ओम प्रकाश सिंहले गरेको एक गोल सान्त्वना बन्यो।

जितसँगै जारी सिजन तेस्रो स्थानमा उक्लिएको समाज कल्याणले ७ खेलबाट १२ अंक जोडेको छ। समान अंक भएपनि पुल्चोक स्पोर्ट्स क्लब चौथो र झम्सिखेल यूथ क्लब गोल संख्याको आधारमा पछि पर्दै पाँचौँ स्थानमा छन्।

समाज कल्याणको लागि रोशनले खेलको ९ र ६८औं मिनेटमा गोल गरे। यस्तै गोलबजारका लागि ओमप्रकाश सिंहले ६३औं मिनेटमा गोल गरे पनि टोलीको हार टार्न सकेनन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *