सानेपा क्लबले सहिद स्मारक ‘सी’ डिभिजन लिगमा आइतबार खालीबारी युवा क्लबविरुद्ध १-० को कठिन जित निकालेको छ ।

सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा सानेपालाई जित दिलाउन पेम्बादोर्जे तामाङले गरेको एक मात्र गोल निर्णायक बन्यो ।

खालीबारी युवा क्लब

जितसँगै सात खेलमा १० अंक जोडेको सानेपा छैटौं स्थानमा उक्लिएको छ । पराजित खालीबारी समान खेलबाट आठ अंकका साथ नवौं स्थानमा छ ।

पेम्बाले खेलको १३औं मिनेटमा गोल गरे । जारी प्रतियोगितामा यो उनको पाँचौं गोल हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *