आत्मघाती उपहार गोलको मद्दतले झम्सिखेल युथ क्लबले सहिद स्मारक ‘सी’ डिभिजन लिगमा सामाजिक युथ क्लबविरुद्ध १-० को कठिन जित निकालेको छ ।
सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा बिहीबार खेलको १६औं मिनेटमा युनिश राईबाट आत्मघाती गोल हुन पुग्दा झम्सिखेलले अग्रता लिएको थियो । त्यही गोल खेलमा निर्णायक बन्यो ।
जितसँगै ६ खेलमा सात अंक जोडेको झम्सिखेल नवौं स्थानमा उक्लिएको छ । पराजित सामाजिक समान खेलबाट पाँच अंकका साथ ११औं स्थानमा झरेको छ ।
