यही वैशाख २० गतेबाट जनकपुर स्थित निर्माणधिन रामजानकी रंगशालामा सञ्चालन हुने चौथो सहिद कप अन्तर प्रदेश टी–२० क्रिकेट प्रतियोगिताको लागि कोशी प्रदेशको टोली घोषणा भएको छ ।
कोशीले दिपेश कंंडेलको कप्तानीमा १४ सदस्यीय टोलीको घोषण गरेको हो । यसअघि कोशी टोलीको कप्तानी अंकित सुबेदीले गरेका थिए। यसपटक उनी टिममा छैनन् ।
चौथो सहिद कप अन्तर प्रदेश टी–२० क्रिकेट प्रतियोगितामा सहभागी आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । कोशी, गण्डकी, कर्णाली र मधेस प्रदेश समूह ए मा छन् । यस्तै बागमती प्रदेश, लुम्बिनी प्रदेश, सुदुरपश्चिम प्रदेश र आयोजक जनकपुर एघार समूह बी मा छन् । दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन् ।

समूह ए मा रहेको कोशी प्रदेशले प्रतियोगिताको उद्घाटन खेलमा वेशाख २० गते मधेस प्रदेशको सामना गर्नेछ ।
कोशीको टोली :
दिपेश कँडेल (कप्तान), सुजन थपलिया, अभियश तिम्सिना, मिनस थापा, सोनु अन्सारी, समीर कार्की, आशिक राणा मगर, रुपक बराल, आश्विन कामत, सोनु मण्डल, श्रवण यादव, बिपिन महतो, प्रकाश कार्की, ज्ञानेन्द्र श्रेष्ठ
