विराटनगर । नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा विराटनगर–६ स्थित मेरिलेबोन ज्वाला क्रिकेट मैदानमा क्रिकेट युनाइटेस कप–२०२६ सिरिज बराबरीमा सकिएको छ ।
बुधबार विहान विराटनगर बर्षा भए पछि मैदानमा पानी जमेर क्रिकेट युनाइटेस कप सिरिज अन्तर्गत बागमती प्रदेश र इक्वालिटी कप–११ विचको खेल रद्ध भएपछि ३ खेलको सरिज १–१ को बराबरीमा सकिएको छ । पहिलो खेल इक्वालिटी कप–११ ले बागमती प्रदेशलाई ५ विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा बागमती प्रदेश २२ रनले विजइ भएको थियो ।
प्रतियोगिताको उत्कृष्ट खेलाडी इक्वालिटी कप–११ की टिका साह घोषित भइन् भने उत्कृष्ट ब्याटर इक्वालिटी कप–११ की सानु राजवंशी , उत्कृष्ट बलर बागमतीकी पार्वती खत्री र उदयमान खेलाडी पनि बागमतीकी लक्ष्मी माया रुम्वा घोष्ति भइन् ।
विजयी तथा अन्य खेलाडीलाई नेपाल क्रिकेट फाउण्डेशनका अध्यक्ष अविशेक श्रेष्ठले पुरस्कार तथा ट्रफि वितरण गरे ।
