विराटनगरमा पहिलो पटक खुल्ला ‘डेड लिफ्ट’ प्रतियोगिता आयोजना हुने भएको छ । जीम एण्ड फिटनेसमा समेटिने विधामध्ये तौललाई उचाल्ने ‘डेड लिफ्ट’ प्रतियोगिता खुल्ला स्थानमा आयोजना गरिने भएको हो ।

आगामी बैशाख २९ गते विराटनगरको हिमालय रोडमा बिहान ८ बजेदेखि कार्यक्रम सुरुवात हुनेछ । महेन्द्रचौकस्थित पुरानो नेपाल बजारको बिल्डिङमा सञ्चालित द जीम र विराटनगर-३ को फ्रिस्टायल फिटनेस एण्ड जीमको संयुक्त आयोजनामा कार्यक्रम हुने जानकारी दिइएको छ ।

द जीम महेन्द्रचौकका सञ्चालक सरोज खड्काका अनुसार खुल्ला प्रतियोगितामा १५० खेलाडी सहभागि हुने अनुमान गरिएको छ । उनका अनुसार राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरका खेलाडीहरु कार्यक्रममा सहभागि हुनेछन् । यसमा राष्ट्रिय प्रशिक्षकहरु सहभागि गराईने छ ।

हामीलाई आसा छ, यो पहिलो कार्यक्रम खुल्लास्थानमा हुने भएकोले अवलोकनका लागि तीनदेखि चार हजारको उपस्थिति हुनेछ, खड्काले भने-यसले मोरङमा एथलेटिहरुलाई पहिचान गर्नेछ । उनले जीममा भित्र हुने गतिविधि सार्वजानिक रुपमा आम नागरिकलाई बुझाउन समेत यस्तो प्रकारको कार्यक्रम आयोजना गर्न लागिएको हो ।

जीम एण्ड फिटनेसले शारिरीक बनौट निर्माण गर्ने मात्रै नभई मानसिक स्वास्थ्य, शारिरीक स्वास्थ्यसँगै सामाजिक र अनुशासित व्यक्तित्व निर्माणमा यसको योगदान छ भन्ने देखाउने लक्ष्य छ । जसले दर्बिलो, गर्भिलो स्वास्थ्य जीवन बिताउन सहयोग पुग्दछ भन्ने जानकारी आम रुपमा दिनेछ। यसैगरी जीम सेन्टरहरुले आफ्नो व्यापार मात्रै गर्दछन् की भन्ने भ्रमबाट मुक्त बनाएर यसको सामाजिक दायित्व समेत दर्शाउने आसा राखिएको हो ।

खड्काका अनुसार सबैभन्दा बढी भार उचाल्ने महिला पुरुष तर्फ तीन÷तीन जना उत्कृष्टलाई उचित प्रोत्साहन पुरस्कार समेत वितरण गरिने छ । नगद २० हजार १० हजार ५ हजार पुरस्कार प्रथम, द्धितिय र तृतियले पाउने छन् । कार्यक्रम सम्पन्न गर्नका लागि पाँचलाख नगद खर्च लाग्ने अनुमान गरिएको छ । खड्काले यो कार्यक्रमलाई प्रोत्साहन गर्नका लागि स्थानीय सरकार विराटनगर महानगरपालिकासँग समेत सहयोगको अपेक्षा राखिएको जानकारी दिएका छन् । हामी यो कार्यक्रमलाई मोरङ जिल्लामा पहिलो पटक आयोजना गर्दैछौं, यसको समापन भव्यतापूर्वक गर्न चाहन्छौं, द जीमका सञ्चालक खड्‌काले भने- बन्द कोठामा हुने जीम सेन्टरको काम आम नागरिक माझ चिनाउनु पनि हाम्रो उद्देश्य छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *