संयुक्त राष्ट्रसंघको महासभाले मे २५ लाई विश्व फुटबल दिवशका रुपमा मनाउने प्रस्ताव पारित गरेको छ। यस खेललाई संयुक्त राज्य अमेरिका बाहिर फुटबल भनिन्छ।

सन् १९२४ को मे २५ मा पेरिसमा सम्पन्न ग्रीष्मकालीन ओलम्पिक खेलका क्रममा सबै क्षेत्रको प्रतिनिधित्वसहित इतिहासमा पहिलो अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता भएको थियो। सोही मितिलाई मानेर १०० औं वर्षगाँठको उपलक्ष्यमा यो दिवस मनाउन लागिएको हो।

१९३ सदस्यीय महासभाका अध्यक्ष डेनिस फ्रान्सिसका अनुसार सभाकक्षमा रहेका कूटनीतिज्ञहरूको ताली बजाएर सहमतिका साथ उक्त प्रस्ताव पारित गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *