नेपाली राष्ट्रिय महिला फुटबल टोलीको बन्द प्रशिक्षणमा ३० जना खेलाडीलाई बोलाइएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार महिला टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले बुधबार ३० जना खेलाडीलाई बन्द प्रशिक्षणका लागि बोलाएका हुन् ।

एन्फाका अनुसार महिला फुटबल टोलीको बन्द प्रशिक्षण जुन २ अर्थात् जेठ २० गते आइतबारबाट शुरु हुनेछ । नेपाली महिला फुटबल टोलीले पछिल्लो पटक गत फागुनमा साउदी अरेबिया सम्पन्न वाफ महिला च्याम्पियनसिप खेलेको थियो ।

वाफ च्याम्पियनसिपमा नेपाल उपविजेता बनेको थियो । नेपाल फाइनलमा जोर्डनसँग पेनाल्टी सुटआउटमा ५-४ गोल अन्तरले पराजित हुँदै उपविजेतामा मिसित बनेको थियो ।

वाफ च्याम्पियनसिपछि फुर्सदिलो रहँदै आएको नेपाली राष्ट्रिय महिला फुटबल टोली अब भने करिब चार महिनाको विश्रामपछि पुनः प्रशिक्षणमा फर्किने भएको छ। नेपाली महिला टोली आगामी असोजमा बंगलादेशमा महिला साफ च्याम्पियनसिप २०२४ खेल्दै छ।

बन्द प्रशिक्षणमा बोलाइएका ३० खेलाडी:

गोलकिपरः एन्जिला तुम्बापो सुब्बा, अञ्जना राना मगर, उषा नाथ र सुशीला कुमारी चौधरी

डिफेन्डरः अमृता जैसी, गीता राना, हिरा कुमारी भुजेल, विमला विक, निशा थोकर, समीक्षा घिमिरे, पूजा राना, सबिना चौधरी र गंगा गुरुङ

मिडफिल्डरः अनिता बस्नेत, अमिषा कार्की, अनिता केसी, प्रीति राई, दीपा शाही, विमला चौधरी, चन्द्रा भण्डारी, सरस्वती हमाल, रेनुका नगरकोटे, सरु लिम्बु, मनमाया दमाई र तुलसा बोहरा

फरवार्डः सावित्रा भण्डारी, रेखा पौडेल, रश्मीकुमारी घिसिङ, सविता राना मगर, ममता पुन

Leave a Reply

Your email address will not be published. Required fields are marked *