पेरिस सेन्ट जर्मेन (पीएसजी) ले लिग वानमा नाइसलाई पराजित गरेको छ। एलियान्ज रिभिएरामा बुधबार राति सम्पन्न खेलमा पीएसजी २-१ गोल अन्तरले विजयी भएको हो।

जितसँगै शीर्ष स्थानको पीएसजीले ३३ खेलबाट ७३ अंक जोडेको छ। समान खेल खेलेको नाइस ५४ अंकसहित पाँचौं स्थानमा छ।

पीएसजीको जितमा ब्राडली बारकोला र योराम जागुइले गोल गरे। घरेलु टोलीका मोहम्मद अलीले गोल फर्काएपनि हार टार्न सकेनन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *