एट्लेटिको मड्रिड अर्को सिजनको यूईएफए च्याम्पियन्स लिगका लागि छनोट भएको छ ।

ओलिजियममा बिहिवार सम्पन्न स्पेनिस ला लिगा अन्तर्गत ३६औं साताको खेलमा गेटाफेमाथि एट्लेटिकोले ३-० को सहज जित हासिल गरेको हो।

एट्लेटिको मड्रिडको जितमा एन्टोनी ग्रिजम्यान ह्याट्रिक गरेका थिए। उनले खेलको २७ औं, ४२औं र ५१औं मिनेटमा गोल गरे।

जितसँगै ३६ खेलबाट ७३ अंक जोडेको एट्लेटिको चौथौ स्थानमा रहेको छ। समान खेलबाट ४३ अंक रहेको गेटाफे १० औं स्थानमा छ।

जारी सिजनको लिग रियल मड्रिडले जितिसकेको छ। रियल ३६ खेलबाट ९३ अंकसहित शीर्ष स्थानमा रहँदा ३५ खेलबाट ७६ अंक रहेको बार्सिलोना दोस्रो स्थानमा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *