फिफा विश्वकप २०२६ छनोटको दोस्रो चरण अन्तर्गत नेपाल र युएईबीचको खेल साउदी अरेबियामा हुने भएको छ ।

एसियन फुटबल महासंघ (एएफसी) ले खेल जेठ २४ मा साउदी अरेबियाको प्रिन्स मोहम्मद विन फहद रंगशालामा हुने जनाएको छ ।

यो खेल नेपालको घरेलु मैदानमै हुनुपर्ने थियो । तर, दशरथ रंगशालामा मापदण्ड नपुगेको भन्दै एएफसीले खेल ‘न्युट्रल भेन्यु’मा गर्न निर्देशन दिएको थियो ।

पहिलो लेग युएईमा हुँदा नेपाल ४-० ले पराजित भएको थियो

त्यसअघि वैशाख २० र २१ गते दशरथ रंगशालाको निरिक्षणमा आएको एएफसीका प्रनिनिधिले मैदानको दुबो र माटो सतह तथा फ्लड लाइट र सुरक्षाको विषयमा प्रश्न उठाएका थिए ।

नेपालले आफ्नो घरेलु मैदानमा खेल्न नपाएको यो पहिलो पटक भने होइन । पछिल्लो पटक नेपाल र बहराइनविरुद्ध खेल पनि दशरथ रंगशालाको मापदण्ड पुगेको भन्दै बहराइनमा खेलाइएको थियो । चैत ८ गते भएको खेलमा नेपाल ५-० ले पराजित भएको थियो । चैत १३ गते नेपाल पुनः ३-० ले पराजित भयो ।

समूह ‘एच’ मा रहेको नेपाल यसअघिका चार खेलमा लगातार पराजित हुँदै विश्वकप छनोटबाट बाहिरिसकेको छ । समूहमा १२ अंकसहित युएई तेस्रो चरणमा प्रवेश गरेको छ । बहराइनको सम्भावना उत्तिकै छ । तीन अंकको यमन र नेपालले एएफसी कप २०२७ को तेस्रो चरण छनोट खेल्नेछन्

यस्तै, नेपाल र यमनबीच यमनमा हुने खेल पनि साउदी अरेबियामै हुने तय भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *