ग्वार्डीओला म्यानेजर अफ द सिजन

२०८१, ९ जेष्ठ बुधबार १६:५१

प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले ‘प्रिमियर लिग म्यानेजर अफ द सिजन’को अवार्ड जितेका छन्।

५३ बर्षिय स्पेनिस प्रशिक्षक ग्वार्डिओलाले सिजन २०२३/२४ को उपाधि जितेका हुन्। उनकै नेतृत्वमा सिटीले यस सिजनको प्रिमियर लिगको उपाधि जित्दै लगातार चौथोपट उपाधि जित्नेमा नयाँ इतिहास रचेको थियो।

इतिहाद स्टेडियममा आइतबार राति सम्पन्न खेलमा वेस्टह्याम युनाइटेडलाई ३-१ गोल अन्तरले पराजित गर्दै सिटीले यस सिजनको उपाधि जितेको थियो।

सिटीलाई उपाधि दिलाउन फिल फोडेनले २ तथा रोड्रीले १ गोल गरेका थिए।

योसँगै स्पेनिस प्रशिक्षक ग्वार्डिओलाले पाँचौं पटक प्रिमियर लिग ‘म्यानेजर अफ द सिजन अवार्ड’ जितेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *