नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर दीपेन्द्रसिंह ऐरी टी-२० अलराउण्डर वरीयताको १० औं स्थानमा उक्लिएका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सार्वजनिक गरेको नयाँ वरीयतामा दीपेन्द्र एक स्थान सुधार गर्दै टी-२० अलराउण्डरतर्फ शीर्ष १० मा अटाउन सफल भएका हुन् ।

दीपेन्द्र शीर्ष १० पर्ने एसोसिएट राष्ट्रका एक्लो खेलाडी हुन् । टी-२० अलराउण्डर वरीयताको शीर्ष स्थानमा श्रीलंकाका वानिन्दु हसरंगा रहेका छन् । यस्तै टी २० को अलराउण्डरतर्फ कुशल मल्ल ३२ औं र गुलशन झा ६० औं स्थानमा यथावत छन् ।

यता कप्तान रोहित पौडेल भने एक स्थान तल झर्दै ६५ औं स्थानमा रहँदा एक स्थान सुधार गरेका करण केसी ७४ औं छन् । त्यस्तै टी २० बलिङ वरीयतातर्फ सोमपाल कामी ९२ औं स्थान र ब्याटिङतर्फ दीपेन्द्र ५० औं स्थानमा यथावत छन् ।

यस्तै रोहित पौडेल ३ स्थान तल झर्दै ६१ र आसिफ शेख एक स्थान तल झर्दै ८७ औं स्थानमा रहेका छन् । नेपाल टी २० वरीयताता १७ औं स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *