इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले पहिलो खेलमा गोलरहित बराबरी खेलेको छ । एल्डरशट स्थित मिलिटरी स्टेडियममा भएको खेलमा नेपालले ब्रिटिश आर्मी टोली विरुद्ध गोलरहित बराबरी खेलेको हो ।
नेपाली टोली भिसा ढिलो आएका कारण अन्योलमा रहेको खेल अन्त्यमा तालिका अनुसार नै अघि बढेको थियो । खेल अवधिभर नेपाली टोली नै हावि देखिएको थियो ।
तर आफू सामू सिर्जना भएका थुप्रै अवसरहरू खेरा फालेपछि नेपाली टोली गोलरहित बराबरीमा सिमित भएको हो ।
खेलमा नेपाली ब्रिटिश सेनाका सदस्यको बाक्लो उपस्थिति रहेको थियो । उच्च समर्थन पाएतापनी नेपाली टोलीले खेल आफ्नो पक्षमा पार्न सकेन ।
दुई खेल खेल्न इल्यान्ड पुगेको नेपाली टोलीले अब मे ६ मा इङ्ल्यान्ड सि को सामना गर्ने तालिका रहेको छ । खेल नेशनल लिग टोली एल्डरशट टाउनको घरेलु मैदान इबिबी स्टेडियममा हुनेछ ।
नेपाली टोली:
गोलकिपरः किरण चेम्जोङ, अभिषेक बराल, विशाल सुनार
डिफेन्डरः विमल पाण्डे, रोहित चन्द, छिरीङ लामा, अभिषेक लिम्बू, विशाल बस्नेत, सनिश श्रेष्ठ, सौभाग्य राई (सन्जित), योगेश गुरुङ
मिडफिल्डरः फत्तेमान घले, मणि कुमार लामा, लाकेन लिम्बू, भरत खवास, उत्सव राई, मनिष डाँगी
फरवार्डः अन्जन विष्ट, जिलेस्पी जंग कार्की, सञ्जीव विष्ट, दिनेश हेन्जन, हिसुब थपलिया, समिर तामाङ
