पेरिस ओलम्पिकका लागि टेबल टेनिसको दक्षिण एसियाली छनोट प्रतियोगितामा नेपालका नविता श्रेष्ठ, इभाना थापा र स्यान्टु श्रेष्ठले विजयी सुरुआत गर्दा सुयोग कपाली भने पराजित भएका छन् ।

लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा सोमबार भएको महिला एकलतर्फ नविताले पाकिस्तानकी पेर्निया खानलाई ४-१ ले हराइन् । इभानाले पनि श्रीलंकाकी इशारा मदुरांगीविरुद्ध ४-१ कै जित निकालिन् ।

यसैगरी पुरुषतर्फ स्यान्टुले माल्दिभ्सका अहमद अख्यारलाई ४-१ को सेटमा पराजित गरे । सुयोग भने माल्दिभ्सका अहमद मुसासँग ४-३ ले पराजित भए ।

टेबल टनिस इतिहासमै पहिलो पटक ओलम्पिक छनोट नेपालमा हुन लागेको हो । जेठ २ गतेसम्म हुने प्रतियोगितमा नेपालसहित बंगलादेश, माल्दिभ्स, पाकिस्तान र श्रीलंकाको सहभागिता छ ।

यस प्रतियोगितामा भारतको उपस्थिति भने छैन । विश्व च्याम्पियन्सीपमा वरीयतामा परेपछि भारत सीधै ओलम्पिकमा खेल्न योग्य भइसकेको छ ।

प्रतियोगिताबाट एक पुरुष महिला खेलाडीले सिधै ओलम्पिकमा स्थान बनाउने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *