पेरिस ओलम्पिकका लागि टेबल टेनिसको दक्षिण एसियाली छनोट प्रतियोगितामा नेपालका नविता श्रेष्ठ र स्यान्टु श्रेष्ठले लगातार दोस्रो जित निकालेका छन् ।

लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा सोमबार भएको महिला एकलतर्फको दोस्रो खेलमा नविताले बंगलादेशकी सोनाम सोमाविरुद्ध ४-३ को रोमाञ्चक जित निकालिन् ।

पहिलो खेलमा नविताले पाकिस्तानकी पेर्निया खानलाई ४-१ ले हराएकी थिइन्।

पुरुष एकलतर्फ स्यान्टुले दोस्रो खेलमा बंगलादेशका रामहिमलियन बावनलाई ४-२ ले पराजित गरे । उनले पहिलो खेलमा माल्दिभ्सका अहमद अख्यारविरुद्ध ४-१ को जित निकालेका थिए ।

पुरुष एकलतर्फ संयोग कपालीले समान एक जित र हारेको नतिजा निकाले । उनले दोस्रो बंगलादेशकाअहमद मोहुतासिन रिदोयलाई ४-१ को सेटमा पराजित गरे ।

पहिलो खेलमा संयोग माल्दिभ्सका माल्दिभ्सका अहमद मुसासँग ४-३ ले पराजित भएका थिए ।

पहिलो दिन महिला एकलतर्फ इभाना थापाले श्रीलंकाकी इशारा मधुरांगीलाई ४-१ ले हराइन् ।

जेठ २ गतेसम्म हुने प्रतियोगिताबाट एक पुरुष / महिला खेलाडीले सीधै ओलम्पिकमा स्थान बनाउने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *