ब्राजिलियन पोल भल्टर थियगो ब्राजलाई एथलेटिक्स इन्टिग्रिटी युनिट (एआइयु) ले डोपिङ गरेको आरोपमा १६ महिनाको प्रतिबन्ध लगाएको छ ।
सन् २०१६ को रियो ओलम्पिकका स्वर्ण पदक विजेता ब्राजले प्रतिबन्धित पदार्थ ओस्टारिनको प्रयोग गरेको पुष्टि भएको छ । जसलाई विश्व एथलेटिक्स एन्टी (डोपिङ नियमको उल्लङ्घन मानिन्छ।
ओस्टारिनले शरिरमा प्रोटिनको मात्र बढाउन र मांसपेशी बलियो बनाउन मद्दत गर्छ ।
गत जुलाईमा अस्थायी रूपमा निलम्बित भएका ब्राजले अनजानमा उक्त पदार्थ सेवन गरेको बताउँदै आएका छन् । यसैगरी उनले यो निर्णयविरुद्ध खेलकुदका लागि मध्यस्थता अदालत (कास) मा अपिल गर्ने बताए।
३० वर्षीय ब्राजले टोकियो ओलम्पिक २०२० मा कांस्य पदक जितेका थिए । तर अब उनले पेरिस ओलम्पिक गुमाउने छन।
